राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित « Khabarhub

राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित


२५ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकबाट ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ । अध्यादेशलाई विस्थापन गर्न ल्याइएको सो विधेयक प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको हो । विधेयक अब प्रतिनिधिसभामा फिर्ता जानेछ ।
     
सभामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सो विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको उक्त विधेयकमाथि छलफलका लागि प्रस्ताव गरेका थिए। 

विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा वाग्लेले राष्ट्रिय आवश्यकता र समयको चापलाई ध्यान दिएर प्राप्त सुझावहरूलाई मनन गर्ने विश्वास दिलाए । यसअघि विधेयकमाथि सदस्य खम्बबहादुर खातीले छलफलमा भाग लिएका थिए ।
     
विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसहित ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’,  ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ माथि समितिको प्रतिवेदन आजैको पहिलो बैठकमा पेस गरेका थिए।

प्रकाशित मिति : २५ असार २०८३, बिहिबार  ५ : ४० बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको