इंग्ल्यान्डसँगको खेलअघि नर्वेको जर्सी अभाव, किन्नका लागि प्रशंसक रातभर लाइनमा « Khabarhub

इंग्ल्यान्डसँगको खेलअघि नर्वेको जर्सी अभाव, किन्नका लागि प्रशंसक रातभर लाइनमा


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वकपको क्वाटरफाइनलमा इंग्ल्यान्डसँगको भिडन्तअघि युरोपभर नर्वेको राष्ट्रिय फुटबल टोलीको जर्सी अभाव भएको छ । शनिबार हुने खेलअघि आधिकारिक बिक्रेतासँग नर्वेको जर्सी पूर्ण रूपमा ‘सोलड आउट’ भएको हो ।

नर्वेजियन फुटबल एसोसिएसन (एनएफएफ) ले जर्सीको मागलाई कम आकलन गर्दा यो समस्या आएको स्वीकारेको छ । गत मार्चमा बजारमा आएदेखि नै नाइकी लगायतका आउटलेटमा यो जर्सी निरन्तर अभाव रहँदै आएको थियो । स्टार स्ट्राइकर एर्लिङ हालान्ड जस्ता खेलाडीको बढ्दो क्रेज र विश्वकपमा नर्वेले ब्राजिललाई पराजित गरेपछि जर्सीको माग अत्यधिक बढेको हो । बजारमा नयाँ स्टक आउनासाथ पसलमा समर्थकको ओइरो लाग्ने गरेको छ भने कतिपय प्रशंसक जर्सी किन्न रातभर पाल टाँगेर बस्ने गरेका छन् ।

एनएफएफका व्यावसायिक निर्देशक रुनार पार आन्द्रेसेनका अनुसार यस वर्ष जर्सीको माग पूर्वानुमानभन्दा निकै बढी र कीर्तिमानी स्तरमा छ । गत वर्षको यसै अवधिमा करिब ५० हजार जर्सी अर्डर गरिएकोमा यस वर्ष बिक्रेताले करिब २ लाख ५० हजार जर्सी अर्डर गरेका थिए ।

ओस्लोस्थित तोर्शोभ स्पोर्ट्सले जर्सीको नयाँ स्टक प्राप्त गरेपछि बुधबार पसल खुल्नुअघि नै समर्थकको ६ सय मिटर लामो लाइन लागेको थियो । कतिपय समर्थकहरू कुर्सी लिएरै १२ घण्टासम्म लाइनमा बसेका थिए ।

स्टोरले अब अर्को स्टकका लागि नाम दर्ता सुरु गरे पनि शनिबारको खेलअघि जर्सी उपलब्ध गराउन सक्ने ग्यारेन्टी दिएको छैन।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ९ : २८ बजे

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

वीरगञ्ज– प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई

विदेशबाट फर्किएका युवा भेडापालनमा

म्याग्दी– रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या बढिरहेका बेला म्याग्दीको

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

काठमाडौं– कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा

बाढीको भग्नावशेष हटाउन ९४ अर्ब ४१ करोड लाग्ने

काठमाडौँ – भोटेकोशी बाढीले थुपारेको ढुङ्गा, माटो, बालुवा र भवनका