स्पेनमा भीषण डढेलो : १२ जनाको मृत्यु « Khabarhub

स्पेनमा भीषण डढेलो : १२ जनाको मृत्यु


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

म्याड्रिड- दक्षिणी स्पेनको अल्मेरिया प्रान्तस्थित लोस गाल्यार्दोस क्षेत्रमा लागेको भीषण डढेलोमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

आन्दालुसिया क्षेत्रीय सरकारले मृत्यु हुनेको संख्या १२ पुगेको पुष्टि गरेको हो। मृतकमध्ये केही व्यक्तिको शव आगोले जलेका सवारीसाधनभित्र फेला परेको बताइएको छ।

स्थानीय प्रत्यक्षदर्शीहरूले विद्युत् लाइन ढलेपछि आगलागी सुरु भएको र त्यसपछि नजिकैको वन क्षेत्रमा तीव्र गतिमा फैलिएको बताएका छन्। यद्यपि, अधिकारीहरूले डढेलोको वास्तविक कारण अझै पुष्टि गरेका छैनन्।

डढेलो नियन्त्रणका लागि बेदार गाउँ आसपास करिब १५० जना अग्निनियन्त्रक परिचालन गरिएको छ। घाइतेमध्ये एक जनालाई धुवाँका कारण श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको छ भने अर्का एक जना आगोले पोलेर घाइते भएका छन्। अन्य चार जनाको घटनास्थलमै सामान्य उपचार गरिएको छ।

डढेलोका कारण सडकहरू बन्द गरिएका छन् भने करिब एक हजार स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको आपत्कालीन सेवाले जनाएको छ।

आन्दालुसियाका क्षेत्रीय प्रमुख जुआन्मा मोरेनोले घटनालाई दुःखद् भन्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जाल एक्समार्फत शोक व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्।

स्पेनको सैन्य आपतकालीन इकाइ (यूएमई) समेत डढेलो नियन्त्रणमा खटिएको छ।

दक्षिणी युरोपमा जारी तीव्र गर्मीका कारण स्पेन, फ्रान्स र पोर्चुगलमा एकपछि अर्को डढेलो लागिरहेको छ। करिब ४० डिग्री सेल्सियसभन्दा माथिको तापक्रमका बीच हजारौँ मानिस घर छोड्न बाध्य भएका छन् भने सयौँ अग्निनियन्त्रक आगो नियन्त्रणमा जुटिरहेका छन्।

स्पेनले यस वर्षको गर्मीयाममा डढेलोको जोखिम बढ्ने अनुमान गर्दै इतिहासकै सबैभन्दा ठूलो ग्रीष्मकालीन डढेलो प्रतिकार अभियान सञ्चालन गरेको छ। जुन महिनामा स्पेनले सन् १९५० यताकै सबैभन्दा उच्च औसत दैनिक तापक्रम पनि रेकर्ड गरेको थियो।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  १० : ०६ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको