गणेश नेपालीबारे अस्पतालले भन्यो- ‘जुनसुकै बेला अवस्था बिग्रिन सक्छ’ « Khabarhub

गणेश नेपालीबारे अस्पतालले भन्यो- ‘जुनसुकै बेला अवस्था बिग्रिन सक्छ’


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जलनबाट गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको अवस्था अत्यन्तै नाजुक रहेको भन्दै वीर अस्पतालले जुनसुकै बेला स्वास्थ्य अवस्था थप बिग्रिन सक्ने जनाएको छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालका चिकित्सकहरूले गणेशको स्वास्थ्य अवस्था अझै अस्थिर रहेको र अनुहार तथा श्वासप्रश्वास प्रणालीमा गम्भीर असर परेकाले उपचार चुनौतीपूर्ण बनेको जानकारी दिए। उनीहरूको भनाइमा बिरामीलाई बचाउन सबै सम्भावित प्रयास जारी रहे पनि अवस्था संवेदनशील छ।

हाल नेपाली वीर अस्पतालको बर्न आईसीयूमा भेन्टिलेटरको सहायतामा उपचाररत छन्। अस्पतालका अनुसार उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको छ।

उपचारमा वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्माण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ सदस्यीय विशेष चिकित्सक टोली खटिएको छ।

नेपालीलाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने तयारी गरिएको भए पनि स्वास्थ्य अवस्था स्थिर नभएकाले तत्काल स्थानान्तरण गर्न नसकिएको अस्पतालले जनाएको छ।

नेपालीले बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। त्यसपछि उनलाई तत्काल उद्धार गरी वीर अस्पतालमा भर्ना गरिएको थियो।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ११ : १० बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको