मिटरब्याजविरुद्ध जनकपुर-काठमाडौं पैदल मार्च (तस्बिरहरू) « Khabarhub

मिटरब्याजविरुद्ध जनकपुर-काठमाडौं पैदल मार्च (तस्बिरहरू)


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मिटरब्याजविरुद्ध पैदल मार्च गर्दै काठमाडौं हिँडेका मिटरब्याज पीडित धनुषाको ढल्केबर पुगेका छन्। हिजो बिहीबार जनकपुरबाट हिँडेका उनीहरू दोस्रो दिन बिहान ढल्केबर आइपुगेका हुन् ।

मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलन, नेपालको आयोजनामा सुरु भएको पैदल ‘न्याय मार्च’ काठमाडौं पुग्ने बताइएको छ ।

मिटर ब्याजविरुद्ध सरकारलाई घचघच्याउन उनीहरू मधेश प्रदेशको राजधानी जनकपुरबाट संघीय राजधानी काठमाडौं पैदल हिँडेका हुन् । उनीहरू बिहीबार जनकपुरधामको तिरहुतियागाछीबाट कार्यक्रम गरेर साँझ ५ बजे हिँडेका हुन् ।

उनीहरू आज धनुषाको महेन्द्रनगरबाट महोत्तरीको बर्दिवासतर्फ अघि बढेका छन्। करिब एक सातामा उनीहरू काठमाडौं पुग्नेछन् । 

सरकारले चार पटक सहमति गरेर पनि कार्यान्वयन नभएपछि दबाबका लागि फेरि काठमाडौं जानुपरेको उनीहरूको भनाइ छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ११ : ५१ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको