आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा निधन « Khabarhub

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा निधन


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगु सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ।

वीर अस्पताल स्रोतका अनुसार भेन्टिलेटरमा उपचाररत नेपालीको शुक्रबार बिहान ११ः२० बजे मृत्यु भएको हो।

आत्मदाह प्रयासपछि गम्भीर अवस्थामा रहेका नेपालीको अनुहार, टाउको, घाँटी र छातीमा गहिरो जलन भएको थियो। चिकित्सकका अनुसार शरीरका भित्री अंगसमेत प्रभावित भएकाले उनको अवस्था अत्यन्त जटिल बनेको थियो।

वीर अस्पतालमा पहिलो शल्यक्रिया गरिए पनि स्वास्थ्यमा सुधार आउन नसकेको चिकित्सकहरूले बताए। बिहान पत्रकार सम्मेलन गरेरै अस्पतालले उनको अवस्था अस्थिर रहेको र जुनसुकै बेला थप जटिल हुन सक्ने चेतावनी दिएको थियो।

सरकारले थप उपचारका लागि भारत लैजाने तयारी गरे पनि स्वास्थ्य अवस्था झन् बिग्रिएपछि चिकित्सकले अस्थिर बिरामीलाई तत्काल स्थानान्तरण नगर्न सुझाव दिएका थिए। त्यसपछि भारत लैजाने निर्णय स्थगित गरिएको थियो।

राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका नेपालीको उपचार बचाउन चिकित्सकले निरन्तर प्रयास गरे पनि घटनाको करिब २४ घण्टापछि उनको निधन भएको हो।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  १२ : ०८ बजे

गृहमन्त्री सुधनले संसदमा भने ‘धेरै भयो मैले सहेको’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले संसदमा विपक्षीप्रति आक्रोशित हुँदै आफूले धेरै

गृहमन्त्रीको प्रश्न- स्थानीय सरकार कसको र ह्वील लक कसले लगायो ? 

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीको आत्मदाहको विषयलाई लिएर विपक्षीले विरोध

नेप्से परिसूचक झिनो अङ्कले घट्यो

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले

आत्मदाहको कुरा उठाउने विपक्षी सांसदमाथि खनिए गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीको आत्मदाहको विषयलाई लिएर विरोध

युद्ध-विराम प्रयासको बावजुत गाजामा इजरायली आक्रमण जारी पछिल्लो आक्रमणमा छ जनाको मृत्यु

गाजा– अमेरिकी मध्यस्थतामा गरिएको ‘युद्धविराम’ प्रयासको को बाबजुद गाजामा भएको पछिल्लो