दूध चुसाई रहेकी आमा, सुत्केरी, वृद्धहरूलाई पनि एकै व्यवहार नगरियोस् : रञ्जु दर्शना « Khabarhub

दूध चुसाई रहेकी आमा, सुत्केरी, वृद्धहरूलाई पनि एकै व्यवहार नगरियोस् : रञ्जु दर्शना


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रञ्जु दर्शनाले सरकारले सुकुम्वासीप्रति गरेको व्यवहारमा असहमत जनाउँदै भावुक स्टाटस लेखेकी छन् । 

उनले आफूले दूध चुसाइरहेकी सुत्केरी आमा, सुत्केरी वृद्ध बा आमाहरूलाई पनि एकै व्यवहार नगरियोस् भनेर पटक पटक संसदमा आवाज उठाएको तर, सरकारले ठिक नगरेको बताएकी छन् ।

‘हिजो सुकुम्बासी व्यवस्थापनको विषयमा ‘१०० दिने कार्यसूचीको’ बुँदा ९१ भन्दा अघि ९२ अघि सारियो । दूध चुसाई रहेकी आमा, सुत्केरी, वृद्ध बा आमाहरूलाई पनि एकै व्यवहार नगरियोस् भनेर सदनमा पटक पटक आवाज राखेँ। सम्बन्धित निकाय पनि निवेदन गरेँ। यो काम चाहिँ सरकारको तर्फ बाट ठिक ढङ्गले भएन’ दर्शनाले लेखेकी छन् ।

साथै, दर्शनाले गणेश नेपाली आफैँलाई जलाउने बिन्दुसम्म किन पुगे भन्ने खोजिनुपर्ने र सो खोजबाट सरकारले आफ्नो काममा प्रेरणा लिनुपर्ने बताएकी छन् ।

‘एक गणेशले त भौतिक रूपमै आफूलाई जलाए तर दैनिक ‘मैले सकिन, मरौँ कि क्या हो’ भन्ने सोच आउने लाखौँ युवाको लागि जीवन केही भएपनि सहज हुने नीति सरकारबाट चाहिन्छ’, दर्शनाले लेखेकी छन् ।

यस्तो छ उनको स्ट्याटस

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  १२ : ०६ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको