एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु « Khabarhub

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२-०८३ को एक वर्षमा लेक लागेर दश भारतीय नागरिकसहित १६ जनाको मृत्यु भएको छ ।

प्रदेश अस्पताल जोमसोमका अनुसार चालु वर्षको साउनदेखि हालसम्म मुस्ताङ भ्रमणमा आएकामध्ये दश भारतीय, पाँच नेपाली र एक जना मेक्सिकोका नागरिकको पर्वतीय ‘हाईअल्टिच्युड’का कारण लेंक लागेर निधन भएको हो ।
  
गत भदौ र असोजमा एक–एक, कात्तिकमा तीन, मङ्सिरमा दुई, चैतमा दुई, वैशाखमा चार र जेठ महिनामा तीन जनाको लेक लागेर ज्यान गएको मेडिकल सुपरिटेन्डेन्ट डा समीक्षा कँडेलले जानकारी दिए । हाईअल्टिच्युडका कारण लेक लागेर मृत्यु हुनेमा ५० वर्षदेखि ८४ वर्ष उमेर समूह पर्यटक तथा तीर्थयात्री रहेको उनले जानकारी दिए ।
 
गत आव २०८१-०८२ मा लेक लागेर नौ जनाको मृत्यु भएको थियो । त्यस आर्थिक वर्षमा पाँच भारतीय, तीन नेपाली र एक जना अमेरिक नागरिकले लेक लागेर ज्यान गुमाएका हुन् । मुस्ताङ पुगेका पर्यटक तथा तीर्थयात्रीले स्वास्थ्य सुरक्षामा आवश्यक सावधानी नअपनाउँदा मानवीय क्षति हुन पुगको हो ।
 
देश तथा विदेशका समथर ठाउँबाट हिमाली जिल्लामा यात्रा गर्ने पर्यटक तथा दर्शनार्थीलाई हाईअल्टिच्युडका कारण अक्सिजनको लेवल कम भई लेक लाग्ने समस्या देखिन गरेको डा. कँडेलले बताए।

मुस्ताङ आउने पर्यटकमध्ये शारीरिक रूपले अशक्त, ज्येष्ठ नागरिक र दीर्घरोगका नियमित औषधि सेवन गर्ने पर्यटकलाई हाईअल्टिच्युडको जोखिम उच्च रहने गरेको छ ।

 हाईअल्टिच्युडको जोखिम न्यूनीकरणका लागि मुस्ताङमा एक्याप, प्रदेश स्वास्थ्य कार्यालय, अस्पताल, स्थानीय निकाय, मुक्तिनाथ विकास समिति र सुरक्षा निकायले पर्यटक सचेतनामूलक होर्डिङ बोर्ड, पर्चा पम्प्लेट वितरण लगायतका कार्य गर्दै आइरहेका छन् । 

म्याग्दी र मुस्ताङको सीमानाका घाँसादेखि लेते, खन्ती, मार्फा, जोमसोम, कागबेनी र मुक्तिनाथलगायतका स्थानमा हाईअल्टिच्युडसम्बन्धी सचेतनामूलक बोर्ड राखिएको छ । मुस्ताङ प्रवेश गर्ने पर्यटकलाई होल्डिङ गर्दै यात्रा गराउन पर्नेमा मुक्तिनाथ पुर्‍याइँदा लेक लाग्ने जोखिम बढेको हो ।    

अस्पतालले तीर्थयात्री तथा पर्यटकलाई यातायात व्यवसायी, पर्यटन व्यवसायी र ट्राभल एजेन्सीले हाईअल्टिच्युडका सम्बन्धमा समयमै ज्ञान दिलाउन पर्ने आवश्यकता औँल्याइएको छ ।

पर्यटकको स्वास्थ्य रक्षाका लागि प्रदेश अस्पताल जोमसोम र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले मुक्तिनाथ मन्दिर परिसरमा हाईअल्टिच्युड उपचार केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको छ । 

मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार मुक्तिनाथ मन्दिरमा अक्सिजनसहित दुई जना हेल्थ असिस्टेन परिचालित भईरहेको जानकारी दिए ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  १ : २१ बजे

गृहमन्त्री सुधनले संसदमा भने ‘धेरै भयो मैले सहेको’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले संसदमा विपक्षीप्रति आक्रोशित हुँदै आफूले धेरै

गृहमन्त्रीको प्रश्न- स्थानीय सरकार कसको र ह्वील लक कसले लगायो ? 

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीको आत्मदाहको विषयलाई लिएर विपक्षीले विरोध

नेप्से परिसूचक झिनो अङ्कले घट्यो

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले

आत्मदाहको कुरा उठाउने विपक्षी सांसदमाथि खनिए गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीको आत्मदाहको विषयलाई लिएर विरोध

युद्ध-विराम प्रयासको बावजुत गाजामा इजरायली आक्रमण जारी पछिल्लो आक्रमणमा छ जनाको मृत्यु

गाजा– अमेरिकी मध्यस्थतामा गरिएको ‘युद्धविराम’ प्रयासको को बाबजुद गाजामा भएको पछिल्लो