आलमको थुनछेक बहस सकियो, आजै आदेश आउने | Khabarhub Khabarhub

आलमको थुनछेक बहस सकियो, आजै आदेश आउने


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गौर– विस्फोटक पदार्थ (बम) समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग र कर्तव्य ज्यानको कसुर गरेको अभियोग लागेका कांग्रेस नेता मोहम्मद अफताव आलमको थुनछेक बहस सकिएको छ।

जिल्ला अदालत रौतहटमा एक हप्तादेखि जारी बहस शुक्रबार दिउँसो सकिएको हाे ।

जिल्ला अदालत रौतहटका श्रेस्तेदार गुणराज पराजुलीले बहस सकिएको जानकारी दिँदै अबको केही समयमै थुनछेक आदेश जारी हुने बताए ।

आलममाथि २८ चैत २०६४ को पहिलो संविधानसभा चुनाव विथोल्ने उद्देश्यले बम बनाउने क्रममा विस्फोट हुँदा घाइते भएका व्यक्तिलाई इटाभट्टामा जलाएर मारेको आरोप लागेको छ ।

जिल्ला सरकारी वकिल कार्यालय रौतहटले आलमसहित ११ जनाविरुद्ध उक्त प्रकरणमा प्रतिवादी (अभियुक्त) बनाएर जिल्ला अदालत रौतहटमा अभियोग पत्र दायर गरेको छ ।

सरकारी वकिलले आलमसहित १० जनाविरुद्ध विस्फोटक पदार्थको प्रयोग तथा उत्पादन, ज्यान मार्ने उद्योग र कर्तव्य ज्यानको कसुर गरेको अभियोगमा आजीवन काराबासको सजाय मागदाबी गरेको छ भने अर्का १ जना अभियुक्तलाई मतियारको रुपमा प्रस्तुत गरी सोहीअनुसार सजाय मागदाबी गरेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ३ : १३ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र