गणेश नेपालीको घटना सेलाउन नपाउँदै सर्लाहीमा पनि एक जनाले गरे आत्मदाह « Khabarhub

गणेश नेपालीको घटना सेलाउन नपाउँदै सर्लाहीमा पनि एक जनाले गरे आत्मदाह


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मुगुका गणेश नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेको घटना सेलाउन नपाउँदै सर्लाहीमा यस्तै प्रकृतिको घटना बाहिरिएको छ । सर्लाही-४ का प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले सर्लाहीको गोडैता नगरपालिका वडा नम्बर १० निवासी ३५ वर्षीय विवेक मण्डलले आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको बताएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै सांसद सिंहले आत्मदाह गरेको सूचना पाएलगत्तै काठमाडौं ल्याउन हेलिकोप्टर पठाइएको जनाएका छन् । गम्भीर अवस्थामा रहेका मण्डलको थप उपचार र उद्धारका लागि प्रधानमन्त्री वालेन्द्र शाह, गृहमन्त्री सुधन गुरुङ र पार्टी सभापति रवि लामिछानेलाई सम्पर्क गरी वस्तुस्थितिबारे अवगत गराएको सिंहले जनाएका छन् ।

उनले घाइते मण्डलको अवस्था नाजुक रहेकाले तत्कालै सरकारीस्तरबाट उद्धार र निःशुल्क उपचारको व्यवस्था मिलाइदिन समेत विशेष अनुरोध गरेका थिए ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ६ : १९ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको