भेनेजुएला भूकम्प अपडेट : मृतकको सङ्ख्या चार हजार पुग्यो « Khabarhub

भेनेजुएला भूकम्प अपडेट : मृतकको सङ्ख्या चार हजार पुग्यो


२७ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भेनेजुएलामा आएको दोहोरो विनाशकारी  भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या चार हजार पुगेको भेनेजुयला सरकारले जनाएको छ ।

 गत जुन –२४ मा आएको भूकम्पका कारण कम्तिमा चार हजार ११८ जनाको मृत्यु भएको  पुष्टि गर्दै १६ हजार ७४० जना घाइते भएको  र तटीय राज्य ला गुइराका सम्पूर्ण जिल्लाहरूलाई प्रभावित गराएको भेनेजुएलाका संसद् प्रमुख जोर्ज रोड्रिगेजले टेलिग्राम मार्फत जनाएका छन् । उनका अनुसार थप हजारौँ मानिसहरू बेपत्ता भएकाले खोजी तथा उद्धार कार्य जारी रहेको छ ।

यद्यपि उद्धार टोलीहरूले अव जीवित व्यक्तिहरूको सम्भावना नरहेको जनाएका छन् भने परिवारका सदस्यहरूले उनीहरूलाई सम्मान जनक संस्कार गर्ने आशामा आफ्नो परिवारका सदस्यहरूलाई भग्नावशेषमा खोज्ने कार्य जारी राखेका छन् ।

पछिल्लो समयमा भेनेजुएलाले भूकम्पीय जोखिमको सामना गरिरहेको छ जहाँ लामो समय देखि चलिरहेको आर्थिक संकटले राज्य सेवाहरूलाई गम्भीर रूपमा बिगारेको जनाइएको छ ।

यसैबीच संयुक्त राष्ट्र सङ्घले भेनेजुयलामा भूकम्प राहत कार्यका लागि लगभग ३० करोड डलरको तत्कालीन अपिल जारी गरेको छ ।

भेनेजुएलाका अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिग्जले विदेशमा राखिएको फ्रिज गरिएका सम्पत्ति फिर्ता गर्न आह्वान गरेका छन्।

प्रकाशित मिति : २७ असार २०८३, शनिबार  १ : १३ बजे

एमबाप्पे बलोन डी’ओरका लागि योग्य : मउरिन्हो

काठमाडाैं – रियल म्याड्रिडका प्रशिक्षक जोसे मउरिन्होले किलियन एमबाप्पे यस

किएभ नजिकै डिपोमा रुसी आक्रमण, कम्तीमा ३७ जनाको मृत्यु

किएभ- युक्रेनको राजधानी किएभनजिकै रहेको एक डिपोमा रुसले रातभर ड्रोन आक्रमण

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा– भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा

बाढी प्रभावित थप सात क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

काठमाडौं– नेपाल टेलिकमले बाढीबाट प्रभावित थप सात क्षेत्रमा आज सेवा