कीर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीको बाक्लो उपस्थिति, विस्थापितलाई स्मृति भवनमा सारियो (तस्बिरहरू) « Khabarhub

कीर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीको बाक्लो उपस्थिति, विस्थापितलाई स्मृति भवनमा सारियो (तस्बिरहरू)


२७ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  अविरल वर्षापछि आएको बाढीका कारण कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ आश्रय लिइरहेका परिवारहरू पुनः विस्थापित भएका छन्।

बाढीका कारण शनिबार राति करिब १ बजेदेखि होल्डिङ सेन्टरभित्र पानी पसेपछि प्रभावित परिवारहरूले आफ्ना सामान सुरक्षित स्थानमा सार्न थालेका छन्। हाल उनीहरूलाई होल्डिङ सेन्टर नजिकै रहेको कीर्तिपुरको स्मृति भवनमा अस्थायी रूपमा राखिएको छ।

घटनापछि होल्डिङ सेन्टर क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लो सुरक्षा व्यवस्था गरिएको छ। सुरक्षाकर्मीहरूले प्रभावित क्षेत्रको निगरानीका साथै उद्धार र व्यवस्थापनमा सहयोग गरिरहेका छन्।

विस्थापित परिवारहरूलाई भक्तपुरको खरिपाटीस्थित स्थानमा स्थानान्तरण गर्ने तयारी भइरहेको भए पनि त्यससम्बन्धी अन्तिम निर्णय भने भइसकेको छैन। सम्बन्धित निकायले प्रभावितहरूको सुरक्षित व्यवस्थापनका लागि आवश्यक समन्वय गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २७ असार २०८३, शनिबार  २ : ५८ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको