स्विट्जरल्यान्डविरुद्ध मेसीको जादू चल्ने आस « Khabarhub

स्विट्जरल्यान्डविरुद्ध मेसीको जादू चल्ने आस


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनल खेलमा आज साविक विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्डको सामना गर्दैछ ।

अमेरिकी सहर कान्सास सिटीस्थित कान्सास सिटी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६:४५ बजे सुरु हुने तालिका छ ।

यस खेलमा सबैको नजर अर्जेन्टिनाका ३९ वर्षीय कप्तान तथा भेट्रान स्टार लियोनेल मेसीमाथि रहनेछ ।

मेसीका लागि यो छैटौँ र सम्भवतः अन्तिम विश्वकप हो । जारी प्रतियोगितामा उनले उत्कृष्ट लय प्रदर्शन गर्दै ५ खेलमा ८ गोल गरिसकेका छन् र उनी गोल्डेन बुटको दौडमा फ्रान्सका किलियन एम्बाप्पेसँगै शीर्ष स्थानमा छन् ।

अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिनाका लागि २०३ खेल खेल्दै २२४ गोल गरिसकेका मेसीले सन् २०२२ मा विश्वकप उपाधि जिते पनि अहिलेसम्म विश्वकपको गोल्डेन बुट भने जित्न सकेका छैनन् ।

कतार विश्वकप २०२२ मा ७ गोल गरे पनि उनी एम्बाप्पेभन्दा पछि परेका थिए । करियरको अन्तिम विश्वकप खेलिरहेका मेसी आफ्नो टोलीलाई लगातार दोस्रो पटक सेमिफाइनलमा पुर्‍याउँदै आफ्नो ट्रोफी क्याबिनेटमा बाँकी रहेको एकमात्र उपाधि (गोल्डेन बुट) चुम्ने दाउमा छन् ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ६ : २३ बजे

नर्वे पराजित भएपछि रेफ्रीमाथि हालान्डका बुबाको आक्रोश

काठमाडौँ – नर्वेली स्ट्राइकर एर्लिङ हालान्डका बुबा अल्फ–इन्गे हालान्डले इङ्गल्यान्डविरुद्धको

स्विट्जरल्यान्डविरुद्ध अर्जेन्टिनालाई सुरुवाती अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता

यी भूभागमा धेरै ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

स्विट्जरल्यान्डविरुद्ध मेसीको जादू चल्ने आस

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनल खेलमा आज

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको आधिकारिक