अर्जेन्टिना र स्विट्जरल्यान्डको खेल अतिरिक्त समयमा धकेलियो « Khabarhub

अर्जेन्टिना र स्विट्जरल्यान्डको खेल अतिरिक्त समयमा धकेलियो


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकपको रोमाञ्चक क्वार्टरफाइनलमा निर्धारित समयमा १–१ को बराबरी भएपछि अर्जेन्टिना र स्विट्जरल्यान्डको खेल अतिरिक्त समयमा धकेलिएको छ । खेलको १० औँ मिनेटमै अर्जेन्टिनाका कप्तान लियोनेल मेसीको पासमा एलेक्सिस म्याक एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० को अग्रता बनाएको अर्जेन्टिना दोस्रो हाफमा बराबरीमा रोकिएको हो ।

खेलको ६७ औँ मिनेटमा स्विट्जरल्यान्डका डान न्डोएले रिकार्डो रोड्रिगेजको पासमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका हुन् । गोल फर्काएर खेलमा फर्किएको स्विट्जरल्यान्ड ७२ औँ मिनेटमा भने दबाबमा आयो । टोलीका मुख्य फरवार्ड ब्रिल एम्बोलोले दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै मैदान छाडेपछि स्विट्जरल्यान्ड खेलको अन्तिम समयमा १० खेलाडीमा समेटिएको छ ।

१० खेलाडीमा समेटिएको स्विट्जरल्यान्डले अतिरिक्त समयमा अर्जेन्टिनाको सामना गर्ने छ । सेमिफाइनल प्रवेशका लागि दुवै टोलीमाथि जित्नै पर्ने दबाब छ ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ८ : ५२ बजे

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

वीरगञ्ज– प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई

विदेशबाट फर्किएका युवा भेडापालनमा

म्याग्दी– रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या बढिरहेका बेला म्याग्दीको

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

काठमाडौं– कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा

बाढीको भग्नावशेष हटाउन ९४ अर्ब ४१ करोड लाग्ने

काठमाडौँ – भोटेकोशी बाढीले थुपारेको ढुङ्गा, माटो, बालुवा र भवनका