डुबानमा परेको कीर्तिपुरबाट खरिपाटी लगियो ३१ घरका ८९ सुकुम्वासीलाई « Khabarhub

डुबानमा परेको कीर्तिपुरबाट खरिपाटी लगियो ३१ घरका ८९ सुकुम्वासीलाई


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँका सुकुम्वासीलाई सरकारले भक्तपुरमा सारेको छ।

बागमती किनारका बस्ती डुबानमा पर्ने भन्दै प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको गत वैशाख १२ गतेदेखि जवर्जस्ती बल प्रयोग गरेर सुकुम्वासीलाई हटाएको थियो।

१५ दिनका लागि होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासीलाई दुई महिना बित्दा पनि व्यवस्थापन नगरिँदा एकपछि अर्को संकट आएको छ । दुई दिनअघि होल्डिङ सेन्टरभित्रै बाढी पसेर सुकुम्बासीहरूको बिजोग भएको थियो ।

होल्डिङ सेन्टरमा बाढी पसेपछि सुकुम्वासीका प्राय सबै भौतिक सामग्री भिजेर नष्ट भएका छन् । सुकुम्वासीहरूलाई सुरक्षाकर्मीले डुङ्गाबाट उद्धार गरे ।

केही सामान बाहिर निकालेका सुकुम्वासी अब एक सरो लुगामा बाँचेका छन् । सबैजसो घरायसी सामग्री, लत्ताकपडा र अत्यावश्यक सामान बाढीमा परेर नष्ट भएका छन् ।

मध्यराति अचानक बाढी पस्दा धेरैले आफ्नो सामान सुरक्षित स्थानमा निकाल्न पाएनन् । सुरक्षाकर्मी पनि होल्डिङ सेन्टर पूरै डुबेपछि पुगेका थिए।

सुरक्षाकर्मीले डुबानमा परेका होल्डिङ सेन्टरका १५४ जनामध्ये ५४ जनाको उद्धार गरी त्रिभुवन विश्वविद्यालयस्थित स्मृति भवनमा सुरक्षित रूपमा स्थानान्तरण गरेको जनाएको छ। अन्य ६ जना आफन्त वा नजिकैको होस्टलमा बस्न गएका छन् । ९४ जनाले अन्यत्र जान मानेनन् ।

अब सरकारले कीर्तिपुरको उक्त होल्डिङ सेन्टरबाट भक्तपुरको खरिपाटीमा ३१ घर परिवारका ८९ जनालाई सारेको छ। शनिबार र आइतबार बिहान दुई दिन गरेर उनीहरूलाई खरिपाटी लगिएको हो । केही सुकुम्वासीलाई भक्तपुरको बोडेमा लगिएको छ ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  २ : ३८ बजे

ट्याक्टर दुर्घटनामा ३४ जना घाइते, २० जनालाई थप उपचारका लागि काठमाडौँ पठाइयो

खोटाङ– धार्मिक मेला भरेर घर फर्कँदै गरेको अवस्थामा खोटाङमा ट्याक्टर

भोटेकोशी बाढी : मधेसका १५ जना परिवारको सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १२७

भोटेकोशी बाढीमा ५३८ जनाको शव बरामद, ३३ देशका ५११ विदेशी अझै बेपत्ता

काठमाडौं– रसुवाको भोटेकोशी नदी क्षेत्रमा गत बुधबार आएको विनाशकारी बाढीमा

मेलम्चीका बाढी प्रभावितले गरे एक लाख सहयोग

सिन्धुपाल्चोक– रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीका कारण प्रभावितको राहत तथा