बङ्गलादेशमा मनसुनी बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, हजारौँ विस्थापित « Khabarhub

बङ्गलादेशमा मनसुनी बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, हजारौँ विस्थापित


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

ढाका – भारी मनसुनी वर्षाका कारण आएको आकस्मिक बाढी र पहिरोले बङ्गलादेशमा गत एक सातामा कम्तीमा ५० जनाको ज्यान गएको छ ।

अधिकारीहरूले एक सातामा कम्तीमा ५० जनाको ज्यान गएको र बाढी, पहिरो र डुवानका कारण दशौँ हजार मानिस घरबारविहीन भएका छन् ।

नदीहरूले भरिएको निम्न क्षेत्र भएको बङ्गलादेश मनसुनी मौसममा बाढी र पहिरोको जोखिममा रहन्छ। वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनले अत्यधिक मौसमी घटनाहरूको सङ्ख्या र तीव्रता बढाएको छ।

पछिल्ला केही दिनदेखि सेना र सीमा रक्षकहरूले देशको दक्षिण–पूर्वी जिल्लाहरूमा बाढीले कटान गरेको क्षेत्रमा डुङ्गामा खाना, पिउने पानी र अन्य आवश्यक सामग्री पु¥याइरहेका छन् ।

चट्टोग्राम जिल्लामा सबैभन्दा बढी क्षति

चट्टोग्रामका डिभिजनल कमिसनर मोहम्मद जियाउद्दिनले एएफपीसँग फोनमा बताएअनुसार गत एक सातामा यो जिल्लामा मात्र ५० जनाको मृत्यु भएको छ, जसमध्ये २९ जना पहिरोमा पुरिएर मरेका हुन्।

उनले भने , ‘अझै केही बेपत्ता छन्।’ उनका अनुसार करिब ३५ मानिस सरकारी आश्रय केन्द्रहरूमा बस्न बाध्य भएका छन् ।

गत साता कोक्स बजारको रोहिङ्ग्या शरणार्थी शिविरमा भारी वर्षाले पहिरो गएर १५ जनाको मृत्यु भएको थियो। उक्त घटनामा रूख कटान गरी पहाडी क्षेत्रमा बस्दै आएका १२ लाखभन्दा बढी रोहिङ्ग्या शरणार्थीका लागि भारी मनसुनी बर्षाले जोखिम बढाएको छ ।

बाढी पूर्वानुमान केन्द्रका सरदार उदय रायहानले आइतबार बताएअनुसार दक्षिण–पूर्वी जिल्लाहरूको स्थिति छिट्टै सुधारिने सम्भावना छ, तर मनसुन उत्तर–पूर्वी र उत्तरी भागमा सक्रिय छ । त्यहाँ थप बाढीको सम्भावना रहेको छ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ८ : ४२ बजे

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि पूजाआरधना गर्न पाइने

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्ला- जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको