बैंककको एक बारमा भीषण आगलागी : २७ जनाको मृत्यु, ६० बढी घाइते « Khabarhub

बैंककको एक बारमा भीषण आगलागी : २७ जनाको मृत्यु, ६० बढी घाइते


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बैंकक– थाइल्याण्डको राजधानी बैंककस्थित एक बारमा आगलागी हुँदा कम्तिमा २७ जनाको मृत्यु भएको छ । प्रधानमन्त्री अनुतिन चानविराकुलले दिएको जानकारी अनुसार २७ वटा शव फेला परेका छन् भने घाइतेहरूलाई अस्पताल लगिएको छ ।

गएराति भएको आगलागीमा १८ महिला र ९ पुरुष गरी २७ जनाको मृत्यु भएको हो । ६० भन्दा बढी व्यक्तिको अस्पतालमा उपचार भइरहेको जनाइएको छ । थाई सञ्चारमाध्यम ‘थाइराथ’ का अनुसार कतिपय मानिसहरू अझै बेपत्ता रहेको बीबीसीले जनाएको छ ।

आगो लाग्ने बित्तिकै भवनको पछाडि भागेर शौचालयमा लुक्न खोज्दा धेरैको निसास्सिएर मृत्यु भएको प्रधानमन्त्रीले चानविराकुलले बताएका छन् ।

आगो लाग्दा प्रस्तुति दिइरहेका एक सङ्गीतकारलाई उद्धृत गर्दै प्रधानमन्त्रीले भने, ‘कट–आउट स्विचमा आगो सल्किएपछि घटना निकै तीव्र गतिमा अघि बढ्यो। विस्फोट भयो र सबैजना धुवाँ तथा आगोबाट बच्न भाग्न थाले।’ धेरैजसो शव शौचालयभित्रै फेला परेको उनले जानकारी दिए।

अग्निनियन्त्रकहरूले करिब आधा घण्टामा आगो नियन्त्रणमा लिए पनि ठूलो मानवीय क्षति भएको समाचारमा जनाइएको छ । सामाजिक सञ्जाल एक्समा सार्वजनिक भएका भिडियोहरूमा बारबाट आगोको लप्का निस्किएको र मानिसहरू चिच्याउँदै भागिरहेको देखिन्छ।

बैंककका गभर्नर चाचार्ट सित्तिपुन्तले घटनास्थलको निरीक्षण गर्दै बार भित्र सजाइएका प्रज्वलनशील सामग्रीहरूका कारण आगो तीव्र गतिमा फैलिएको दाबी गरे। आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ७ : ५२ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल