रुसको गुप्तचर गतिविधिबारे खुलासापछि जापान सतर्क, जासुसी नियन्त्रण थप कडा बनाउने तयारी « Khabarhub

रुसको गुप्तचर गतिविधिबारे खुलासापछि जापान सतर्क, जासुसी नियन्त्रण थप कडा बनाउने तयारी


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

टोकियो– रुसले जापानलाई गुप्तचर गतिविधि सञ्चालन तथा युक्रेन युद्धसँग सम्बन्धित दोहोरो उपयोग (डुअल–युज) प्रविधि र उपकरण खरिदको केन्द्रका रूपमा प्रयोग गरिरहेको भन्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको खुलासापछि जापानले विदेशी जासुसी गतिविधिविरुद्ध थप कडा कदम चाल्ने संकेत दिएको छ।

सरकारका प्रमुख प्रवक्ता मिनोरु किहाराले सोमबार बदलिँदो सुरक्षा परिवेशमा राष्ट्रिय सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना हासिल गर्ने विदेशी गुप्तचर गतिविधि बढ्दो चुनौती बन्दै गएको बताए। उनले त्यस्ता गतिविधिको प्रभावकारी प्रतिरोध गर्न आवश्यक रहेको उल्लेख गर्दै सरकारले यस विषयलाई गम्भीर रूपमा लिएको स्पष्ट पारे। यद्यपि, उहाँले द न्यूयोर्क टाइम्स को प्रतिवेदनबारे प्रत्यक्ष टिप्पणी गरेनन्।

आइतबार प्रकाशित अनुसन्धानात्मक प्रतिवेदनमा जापानका कमजोर जासुसीसम्बन्धी कानूनी व्यवस्थाको फाइदा उठाउँदै रुसले त्यहाँबाट गुप्तचर सूचना संकलन गर्नुका साथै युक्रेन युद्धमा प्रयोग हुने डुअल–युज प्रविधि र उपकरण खरिद गरिरहेको दाबी गरिएको छ।

प्रतिवेदनअनुसार रुसमाथि लगाइएका निर्यात प्रतिबन्धका कारण आवश्यक सामग्री जापानबाट मध्यस्थ कम्पनीमार्फत भियतनाम, उज्बेकिस्तान र श्रीलंकालगायत तेस्रो मुलुक हुँदै रुस पुर्‍याइने गरिएको उल्लेख छ। साथै, टोकियोस्थित रुसी राष्ट्रिय विमान सेवा एरोफ्लोटको कार्यालयबाट गोप्य रूपमा सञ्चालन हुने गुप्तचर सञ्जालको पनि प्रतिवेदनमा चर्चा गरिएको छ।

युक्रेनी पक्षको अनुमानअनुसार हाल प्रयोग भइरहेका रुसी क्षेप्यास्त्र र ड्रोनमा प्रयोग भएका करिब ९० प्रतिशत जापानी कम्पोनेन्ट रहेका छन्।

यसैबीच, प्रवक्ता किहाराले जापानको संसद्ले यस वर्ष विभिन्न सरकारी निकायमा छरिएर रहेका गुप्तचर गतिविधिको समन्वय गर्न नयाँ राष्ट्रिय निकाय गठन गर्ने कानून पारित गरिसकेको जानकारी दिए। उनका अनुसार उक्त संयन्त्रले विदेशी जासुसी गतिविधिको निगरानी र प्रतिरोधलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ७ : २९ बजे

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा

केन्यामा इबोला सङ्क्रमित आठ पुगे

नैरोबी- केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य

कोप–३१ मा नेपालको प्राथमिकता : जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी

काठमाडौँ- नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ

ऊर्जा केन्द्रमा रुस–युक्रेनको आक्रमण तीव्र, ट्रम्पका दूतसँग जेलेन्स्कीको वार्ता

एजेन्सी– रुस र युक्रेनले एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र पारिरहेका

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

बर्दिया– घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ र