मध्यपहाडी लोकमार्गको काम द्रूत गतिमा « Khabarhub

मध्यपहाडी लोकमार्गको काम द्रूत गतिमा


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय गौरवको आयोजनामा रहेको मध्यपहाडी लोकमार्ग निर्माणमा विभिन्न समस्या देखिए पनि सडक निर्माण समयमा सम्पन्न गर्ने गरी अघि बढेको छ ।

गत आर्थिक वर्षमा सो लोकमार्गमा १५२ किलोमिटर सडक कालोपत्रे भएको थियो । चालू आवको पहिलो चौमासिकमा भने भैतिक प्रगति कम भएपनि ठेक्का प्रक्रिया अघि बढाउने काम भइरहेको मध्यपहाडी लोकमार्ग आयोजना निर्देशनालयका प्रमुख दीपक केसीले बताए ।

उनका अनुसार निर्माण शुरु भएदेखि हालसम्म ३४४ किमी सडक कालोपत्रे भइसकेको छ भने ५८१ किमी सडकका लागि ठेक्का सम्झौता भएर निर्माण भइरहेको छ । चार सय ९२ किमी सडक ठेक्का व्यवस्थापन हुन बाँकी छ । अहिलेसम्म ६८ सडक पुल सम्पन्न भएको छ भने २४ पुल निर्माणाधीन छ ।

उनले भने, “बाँकी रहेका ठाउँमा पनि ठेक्का सम्झौता भइरहेको छ ।”

आयोजनाअन्तर्गत झण्डै ८७९ किमी सडक नयाँ ट्र्याक खोली निर्माण कार्य भइरहेको आयोजनाले जनाएको छ । आयोजना स्थापना हुनुअघि निर्माण भएर सञ्चालनमा रहेका सडकहरुलाई मध्यपहाडी राजमार्गको स्तरमा स्तरोन्नतिको काम भइरहेको छ । प्रमुख केसीले भने, “हामीले पहिले सञ्चालनमा रहेका सडकलाई पनि लोकमार्गकै स्तरमा ल्याउने काम भइरहेको छ ।”

सरकारले आव २०६९/७० मा राष्ट्रिय गौरवको आयोजना घोषणा गरी प्राथमिकताका साथ अघि बढाएको हो । विसं २०६४/६५ बाट निर्माण शुरु गरिएको मध्यपहाडी लोकमार्ग २०७८/७९ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  १० : ०० बजे

अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि विचार गरियोस् प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३

‘राष्ट्रिय समावेशी आयोगको आव २०८१/८२’ को सातौँ प्रतिवेदन राष्ट्रियसभामा पेस

काठमाडौं– राष्ट्रियसभाको बैठकको शून्य समयमा सांसदहरूले मिटरब्याजी पीडितले न्याय पाउनेदेखि

मिडियालाई ‘खोस्टो’ भन्दै विपक्षीलाई धम्की दिएर उम्किएलान् अर्थमन्त्री वाग्ले ?

काठमाडौं– बिहीबार बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा. स्वर्णिम

बालेनका सल्लाहकार असिममाथि खनिए अमरेश, संविधान संशोधन प्रयासलाई भनिदिए, ‘अर्थहीन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंहले वालेन्द्र शाह

घरदैलोमा राहदानी पाउँदा नागरिकलाई सहज

वालिङ– पछिल्लो समय यहाँका सेवाग्राहीको हुलाकसँग विश्वास बढ्दै गएको छ