र्‍याकुन बोकेर स्वदेश फर्किए हालान्ड, स्वागतमा उर्लियो जनसागर « Khabarhub

र्‍याकुन बोकेर स्वदेश फर्किए हालान्ड, स्वागतमा उर्लियो जनसागर


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

ओस्लो- विश्वकप फुटबलमा ऐतिहासिक प्रदर्शन गरेको नर्वेली टोलीका स्टार फरवार्ड इर्लिङ हालान्ड स्वदेश फर्किंदा मैदानबाहिरको एउटा अनौठो दृश्यले सबैको ध्यान तानेको छ।

टोलीका अन्य खेलाडीसँग विमानबाट ओर्लिएका हालान्डको हातमा अमेरिकी यात्राको सम्झनास्वरूप ल्याइएको र्‍याकुन (भरिएको जनावर) थियो, जसको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

नर्वे विश्वकपको क्वार्टरफाइनलमा इङ्ग्ल्यान्डसँग अतिरिक्त समयमा २–१ ले पराजित हुँदै बाहिरिए पनि टोलीलाई स्वदेशमा नायकसरह स्वागत गरिएको थियो।

राजधानी ओस्लोमा एक लाखभन्दा बढी समर्थक सडकमा उत्रिएका थिए भने शाही परिवारले पनि टोलीलाई दरबारमा स्वागत गरेको थियो।

हालान्डले अमेरिकाको डलासस्थित एक पसलबाट किनेको उक्त र्‍याकुनलाई आफूले ‘स्मरणीय उपहार’ का रूपमा घर ल्याएको बताएका छन्। उनले सामाजिक सञ्जालमा र्‍याकुनको नाम राख्न समर्थकसँग सुझावसमेत मागेका थिए।

विश्वकपभर उत्कृष्ट प्रदर्शन गरेका २५ वर्षीय हालान्डले नर्वेलाई २८ वर्षपछि विश्वकपमा फर्काउँदै पहिलोपटक क्वार्टरफाइनलसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनको प्रदर्शनसँगै ‘भाइकिङ रो’ उत्सव पनि विश्वभर चर्चित बनेको थियो।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  २ : ३४ बजे

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन– नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि यातायात सञ्चालन

मध्यपूर्व तनावबीच लेबनान-इजरायलबीच रोममा नयाँ वार्ता

रोम– अमेरिकी मध्यस्थतामा लेबनान र इजरायलबीच मंगलबार इटालीको राजधानी रोममा

सरकारलाई सभामुखको निर्देशन- मनसुनजन्य घटनाको प्रभावकारी पूर्वतयारी गर्नू

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले मनसुनजन्य घटनाको प्रभावकारी पूर्वतयारी गर्न सरकारलाई

चितवनको पुँजीगत खर्च ५८ प्रतिशत

चितवन– जिल्लाको विकासका लागि विनियोजित बजेटमध्ये ५८ दशमलब ४१ प्रतिशत

‘सार्वजनिक खरिद ऐन संशोधन पूर्वाधार विकासका लागि कोशेढुंगा’

काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो