अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुग्दा बनेका यी पाँच रेकर्ड « Khabarhub

अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुग्दा बनेका यी पाँच रेकर्ड


३२ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

एटलान्टा- डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले लगातार दोस्रो पटक फिफा विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ।

लियोनेल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले बुधबार राति भएको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध २–१ को पुनरागमन जित निकालेको हो ।

एटलान्टामा भएको खेलमा इंग्ल्यान्डले ५५औँ मिनेटमा एन्थोनी गोर्डनको गोलमार्फत अग्रता लिएको थियो। ८५औँ मिनेटसम्म १–० ले पछाडि रहेको अर्जेन्टिनाले अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पार्‍यो।

मेस्सीको पासमा एन्जो फर्नान्डेजले २५ गज टाढाबाट शानदार गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। त्यसपछि इन्जुरी समयको दोस्रो मिनेटमा मेस्सीकै सटिक क्रसलाई वैकल्पिक खेलाडी लाउटारो मार्टिनेजले हेडमार्फत् गोलमा परिणत गर्दै अर्जेन्टिनालाई २–१ को जित दिलाए।

अब अर्जेन्टिनाले जुलाई १९ मा हुने फाइनलमा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। यो अर्जेन्टिनाको विश्वकप इतिहासमा सातौँ फाइनल हो।

यसअघि टोलीले १९३०, १९७८, १९८६, १९९०, २०१४ र २०२२ मा फाइनल खेलेको थियो। अर्जेन्टिनाले १९७८, १९८६ र २०२२ मा विश्वकप जितिसकेको छ।

यसपटक लगातार दोस्रो तथा समग्रमा चौथो विश्वकप उपाधि जित्ने अवसर टोलीसँग रहेको छ।

पाँच कीर्तिमान

१. स्कालोनी लगातार दोस्रो विश्वकप फाइनलमा

अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनी लगातार दोस्रो विश्वकप फाइनलमा पुग्ने इतिहासका सातौँ प्रशिक्षक बनेका छन्।

उनीअघि भिटोरियो पोजो, हेल्मुट शोन, मारियो जागालो, कार्लोस बिलार्डो, फ्रान्ज बेकेनबाउर र डिडिएर डेसाँले यो उपलब्धि हासिल गरेका थिए।

२. अर्जेन्टिना पहिलो पटक लगातार दुई फाइनलमा

सन् २०२२ को विश्वकप जितेपछि अर्जेन्टिनाले २०२६ मा पनि फाइनलमा स्थान बनाएको छ। विश्वकप इतिहासमा अर्जेन्टिनाले पहिलो पटक लगातार दुई संस्करणको फाइनल खेल्ने भएको हो। यसका साथै, टोलीले खेलेका सबै सेमिफाइनल जित्दै अपराजित यात्रा कायम राखेको छ।

३. लगातार १४औँ जित

इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिनाले सबै प्रतियोगितामा लगातार १४औँ जित दर्ता गरेको छ। सेप्टेम्बर २०२५ मा इक्वेडरसँग पराजित भएपछि अर्जेन्टिना हालसम्म अपराजित छ।

४. एउटै विश्वकपमा सर्वाधिक गोल

अर्जेन्टिनाले जारी विश्वकपमा हालसम्म १९ गोल गरेको छ, जुन एउटै विश्वकप संस्करणमा टोलीले गरेको सर्वाधिक गोल हो। यसका साथै, अर्जेन्टिनाले लगातार १४ विश्वकप खेलमा कम्तीमा दुई गोल गर्ने कीर्तिमान पनि बनाएको छ।

५. ह्यारी केन इंग्ल्यान्डका सर्वाधिक खेल खेल्ने आउटफिल्ड खेलाडी

अर्जेन्टिनाविरुद्ध मैदानमा उत्रिएसँगै ह्यारी केनले इंग्ल्यान्डका लागि १२१औँ अन्तर्राष्ट्रिय खेल खेले। यससँगै उनले वेन रुनीलाई पछि पार्दै इंग्ल्यान्डका सर्वाधिक खेल खेल्ने आउटफिल्ड खेलाडी बने। समग्रमा गोलकिपर पिटर शिल्टन (१२५ खेल) मात्रै उनीभन्दा अगाडि छन्।

प्रकाशित मिति : ३२ असार २०८३, बिहीबार  १२ : ५६ बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को