मनिता मृत्यु प्रकरणमा परिवारलाई ३९ लाख क्षतिपूर्ति दिन अदालतको आदेश « Khabarhub

मनिता मृत्यु प्रकरणमा परिवारलाई ३९ लाख क्षतिपूर्ति दिन अदालतको आदेश


१ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपभोक्ता अदालतले प्रसूतिको क्रममा मृत्यु भएका मनिता शर्माको परिवारलाई क्षतिपूर्ति दिन आदेश गरेको छ । 

मनिताको मृत्यु प्रकरणमा कुल ३९ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन एभरेष्ट अस्पताल र उपचारमा संलग्न स्त्रीरोग विशेषज्ञ डा. ज्योत्सना शर्मा तिवारीको नाउँमा आदेश भएको हो ।

उपभोक्ता अदालतका सूचना अधिकारी होमनाथ कँडेलका अनुसार, अदालतले एभरेष्ट अस्पतालबाट ३० लाख रुपैयाँ र डा। तिवारीबाट ९ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो ।

मनिताका श्रीमान् सुवास पराजुलीले उपचारमा चिकित्सक र अस्पतालको लापरबाहीका कारण श्रीमतीको मृत्यु भएको दाबी गर्दै उपभोक्ता अदालतमा मुद्दा दायर गरेका थिए ।

यो पनि पढ्नुहोस् :

अदालतले मुद्दामाथिको सुनुवाइपछि अस्पताल र चिकित्सक दुवैको दायित्व ठहर गर्दै पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने फैसला गरेको हो ।

यो फैसला स्वास्थ्य सेवा प्रवाहमा चिकित्सक तथा स्वास्थ्य संस्थाको जबाफदेहिता र बिरामीको अधिकारका दृष्टिले महत्त्वपूर्ण मानिएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार  ३ : २० बजे

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको