मार्चमा निस्किएका ककरोच अघि बढेसँगै मोदीले छाडे संसद् भवन, दिल्लीमा सुरक्षा व्यवस्था अत्यन्त कडा « Khabarhub

मार्चमा निस्किएका ककरोच अघि बढेसँगै मोदीले छाडे संसद् भवन, दिल्लीमा सुरक्षा व्यवस्था अत्यन्त कडा


४ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली : संसदतर्फको मार्चका क्रममा जारी तनावबीच ककरोच जनता पार्टी (सीजेपी) का प्रतिनिधिले सोमबार केन्द्रीय मन्त्री जेपी नड्डासँग भेटवार्ता गर्दै तीन बुँदे माग प्रस्तुत गरेका छन्।

सीजेपीका प्रवक्ता आशुतोष रांकाका अनुसार सरकारको पहलपछि नड्डाको निवासमा करिब १० मिनेट छलफल भएको हो।

छलफलमा उनीहरूले सोनम वाङचुकको तत्काल रिहाइ, केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र आत्महत्या गरेका सबै नीट परीक्षार्थीका परिवारलाई १ करोड भारतीय रुपैयाँ क्षतिपूर्ति दिन माग गरेका छन्। नड्डाले यी मागबारे पार्टी नेतृत्वसँग छलफल गर्ने बताएका छन्।

अर्कातिर संसद्को मनसुन अधिवेशन जारी रहेका बेला प्रधानमन्त्री नरेन्द्र मोदी संसद् भवनबाट बाहिरिएका छन् ।

संसद् भवन बाहिर ककरोच जनता पार्टी (सीजेपी) को संसद मार्चका क्रममा प्रदर्शन र तनाव भइरहेका बेला प्रधानमन्त्री मोदीको कारगेट कडा सुरक्षा व्यवस्थाबीच संसद परिसरबाट बाहिरिएको हो।

संसद् भवन वरपर ठूलो संख्यामा प्रहरी र अर्धसैनिक बल परिचालन गरिएको छ। प्रदर्शनकारी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार तथा लाठीचार्जका घटनापछि सुरक्षा व्यवस्था थप कडा बनाइएको छ।

यसैबीच जन्तरमन्तरमा एक महिनाभन्दा बढी समयदेखि आन्दोलन गरिरहेको सीजेपीले संसद्तर्फ अघि बढ्ने प्रयास गरेपछि राजधानी दिल्लीको सुरक्षा व्यवस्था कडा बनाइएको छ। जन्तर–मन्तर, रायसिना रोड, रफी मार्ग, कर्तव्य पथ र संसद क्षेत्रका विभिन्न स्थानमा ठूलो संख्यामा प्रहरी र अर्धसैनिक बल परिचालन गरिएको छ।

प्रहरीका अनुसार करिब ८ हजार प्रदर्शनकारी संसद मार्चमा सहभागी भएका थिए। प्रदर्शनस्थलमा तृणमूल कांग्रेसकी सांसद महुआ मोइत्रा, अभिनेता प्रकाश राज, शबाना आजमी तथा आम आदमी पार्टीका नेताहरूले पनि ऐक्यबद्धता जनाएका छन्।

प्रदर्शनका क्रममा प्रहरीले व्यापक ब्यारेकेडिङ, लाठीचार्ज र अश्रुग्यास प्रयोग गरेको आरोप आन्दोलनकारीहरूले लगाएका छन्। दिल्ली विश्वविद्यालयकी एक विद्यार्थीले पीटीआईसँग कुरा गर्दै लाठीचार्ज र अश्रुग्यासको सामना गरे पनि आन्दोलनबाट पछि नहट्ने बताएकी छन्।

अखिल भारतीय विद्यार्थी संघ (एआईएसए) की कार्यकर्ता नेहाले सामाजिक सञ्जाल एक्समार्फत दिल्ली प्रहरीले शान्तिपूर्ण प्रदर्शनकारीमाथि बल प्रयोग गरेको आरोप लगाएकी छन्।

यसैबीच कांग्रेस सांसद रेणुका चौधरीले संसद विद्यार्थीहरूको पनि भएको भन्दै प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गर्नु सरकारको गलत कदम भएको टिप्पणी गरेकी छन्।

सोमबार दिउँसो जनपथ मेट्रो स्टेशन बाहिर र प्रेस क्लब नजिक सयौँ प्रदर्शनकारी भेला भएका थिए। उनीहरूले केही समयका लागि संसदअगाडि पुगेर आफ्नो विरोध दर्ता गर्न दिन प्रहरीसँग आग्रह गरेका थिए।

प्रदर्शनका क्रममा एक प्रदर्शनकारीले प्रहरीलाई ‘मलाई हान्नुहोस्’ भन्दै चुनौती दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। भिडियोमा सुरक्षाकर्मीले लाठी प्रहार गरेको र त्यसपछि उनलाई नियन्त्रणमा लिएको देखिन्छ।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  ४ : १३ बजे

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया

ढिलासुस्ती, अनियमितता, भ्रष्टाचार पहिचान र गुनासो सुन्न सर्वोच्चमा संयन्त्र

काठमाडौं । न्यायिक काम कारबाहीमा ढिलासुस्ती, भ्रष्टाचार र अनियमितताका क्षेत्रहरू

पूर्वराजालाई भेट्न नपाएपछि शितल निवास अगाडि एक युवाले आत्मदाह प्रयास

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि

बागमती सरकारबाट बाहिरियो एमाले, भोलि मन्त्रीहरूले राजीनामा बुझाउने

काठमाडौं । बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।