Khabarhub

छोरीमाथि पनि छोरासरह लगानी गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले छोरीहरुमाथि छोरासरह लगानी गरे मात्रै समानता आउने बताएकी छिन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन मङ्गलबार उनले अभिभावकलाई छोरीमाथि लगानी गर्न हिचकिचाउन नहुने बताइन् । उनले भनिन्, ‘वास्तवमा मनैदेखि छोरीमाथि लगानी छैन । सहरबजार र शिक्षित परिवारमा छोरीलाई छोरासरह शिक्षा दिए पनि ग्रामीण तथा विकटमा अझै छोरीलाई अवसरबाट…