Khabarhub

प्रचण्डलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं– निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्पष्टीकरण सोधेको छ। आइतबार गोरखामा उम्मेदवारी मनोनयन गर्ने क्रममा पन्जेबाजा प्रयोग गरेर आचारसंहिता उल्लंघन गरेको भन्दै सात दिनभित्र जवाफ दिन आयोगले स्पष्टिकरण सोधेको हो । आयोगले प्रचण्डलाई कारवाही किन नगर्ने भन्दै प्रश्न सोधेको छ । आयोगले एक साता भित्र जवाफ पेश गर्न निर्देशन दिएको छ…