Live on
Your Voice, Your Power
कैलाली– मोहना नदीमा आएको बाढीमा फसेका २५ जनाको सकुशल उद्धार गरिएको छ । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका-१४ का बासिन्दाहरू नदि पार गरी घाँस काट्न गएकोमा सो नदिमा एक्कासि पानीको बहाव बढेपछि अलपत्र परेका थिए । उनीहरूको सशस्त्रको बीओपी फुलवारीले रबर बोटको प्रयोग गरी सकुशल उद्धार गरेको हो ।