Khabarhub

आज थपिए ७० संक्रमित, ४३१ निको भए (विवरणसहित )

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमल थप ७० जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ।  सक्रिय संक्रमितको संख्या ८ हजार २३९ रहेको प्रवक्ता गौतमले बताए।…