Live on
Your Voice, Your Power
काठमाडौं- भक्तपुरमा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। भक्तपुर महानगरिय प्रहरी परिसरका डीएसपी दिपक गिरीका अनुसार भक्तपुर ब्यासीबाट झौखेलतर्फ जाँदै गरेको बा ५ ख ३११ नम्बरको मिनी ट्रक आइतबार राति सडकबाट खोलामा झरेको हो। चाँगुनारायण नगरपालिका-३, झौखेलमा भएको दुर्घटनामा ट्रकका चालक स्थानीय ३५ वर्षीय नवराज लाछिवाको मृत्यु भएको उनले जानकारी दिए।