Khabarhub

बालुवाटारमा सर्वपक्षीय छलफल सुरु

काठमाडौं- काठमाडौं- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वपक्षीय छलफल शुरु भएको छ । सर्वपक्षीय छलफलका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक डाकेपछि सबै दलका नेताहरु बालुवाटार पुगेका छन् । भारतले जारी गरेको मुलुकको नयाँ नक्सामा नेपाली भूमि मिचिएका ठाउँबारे छलफल गरी राष्ट्रिय धारणा बनाउन प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायत दलहरू, पूर्वपरराष्ट्रमन्त्रीहरू, सीमाविदहरूलगायतलाई बैठकमा बोलाएका हुन्…