समाचार Archives | Page 1247 of 8330 | Khabarhub Khabarhub

पहिरोले कान्तिलोकपथ अवरुद्ध

हेटौँडा– वर्षाका कारण पहिरो खस्दा हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । मकवानपुरको बकैया गाउँपालिका–११ लाम्राङमा आज पहिरो खस्दा सो सडकमा आवतजावत रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । कार्यालयका अनुसार सडक डिभिजन कार्यालयसँग समन्वय गरेर पहिरो हटाउने काम भइरहेको छ ।