Khabarhub

लहान नगरपालिकाले बुझायो किसानको कृषि महसुल

सिरहा– सिरहाको लहान नगरपालिकाले नगरभित्रका किसानले सिँचाइका लागि प्रयोग गर्दा लागेको कृषि विद्युत् महसुल बुझाएको छ । आर्थिक वर्ष २०७९-८० मा कूल एक हजार दुई सय ३४ किसानले प्रयोग गरेका कृषि महसुलबापतको रु १४ लाख आठ हजार नगरपालिकाले विद्युत् प्राधिकरणलाई बुझाएको हो । आज एक समारोहबीच नगरप्रमुख महेशप्रसाद चौधरीले विद्युत् प्राधिकरण लाहान वितरण केन्द्रका लेखा…