Live on
Your Voice, Your Power
काठमाडौं– प्रहरीले कर्तव्य ज्यान मुद्दाकी फरार प्रतिवादी संखुवासभाकी कैली तामाङलाई पक्राउ गरेको छ। साविक सिद्धकाली गाविस–२ की ३५ वर्षीया तामाङलाई प्रहरीले पक्राउ गरेको हो। उनीमाथि वि.सं. २०६० सालमा दुईजना पुरुषको सामूहिक हत्या घटनामा संलग्न रहेको अभियोग थियो। जिल्ला अदालत संखुवासभाको २०६६ फागुन १२ गतेको फैसलाले कर्तव्य ज्यान कसुरमा उनलाई २० वर्ष कैद सजाय सुनाएको थियो।…