Live on
Your Voice, Your Power
दमक- झापाको भद्रपुर कारागारमा कैदीबन्दीबीच झडप भएको छ । सरुवाको निहुँमा कैदीबन्दीबीच झडप भएको हो । झडपपछि कारागारमा आगो लागेको छ । दमकलको सहायताले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । हाल कारागार आसपास उच्च सुरक्षा सतर्कता अपनाइएको र भारी सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।