Khabarhub

जबरजस्ती करणीको आरोपमा वडासचिव पक्राउ

महोत्तरी – प्रहरीले जबरजस्ती करणी आरोपममा महोत्तरीमा एक वडासचिवलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार महोत्तरीको भंगहा नगरपालिका– ९ स्थित मुसहरी टोलको एक दलित महिलालाई जबरजस्ती करणी गरेको आरोपमा वडासचिवलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी टिकाबहादुर केसीका अनुसार भंगहा– ९ का वडासचिव मिथिलेश यादवलाई बुधबार राति ९ बजे पक्राउ गरिएको हो…