स्टक Archives | Page 8 of 51 | Khabarhub Khabarhub

नेप्सेका कर्मचारी आन्दोलित

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज नेप्सेका कर्मचारी आन्दोलित भएका छन् । नयाँ स्टक एक्सचेन्ज ल्याउन लागिएको विरोधमा उनीहरुले आन्दोलन थालेका हुन् । नेप्से कर्मचारी संघको अगुवाईमा कर्मचारीले नेप्सेको हातामा नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् । अहिलेको अवस्थामा नेपालमा नयाँ स्टक एक्सचेन्ज आवश्यक नभएकाले आफूहरु आन्दोलनमा उत्रेको आन्दोलनकारी कर्मचारीको भनाइ छ ।