Live on
Your Voice, Your Power
काठमाडौँ- सशस्त्र प्रहरी बलले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका विजेता खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकमा आज आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले खेलाडीलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरेका हुन् । कार्यक्रममा उनले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीको ज्ञान, सीप र क्षमताको सङ्गठनले उच्च मूल्याङ्कन गरेको बताए…