Live on
Your Voice, Your Power
काठमाडौँ– काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एपिएफले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई एक विकेटले पराजित गरेको हो । टस जितेर एपिएफ क्लबले फिल्डिङ राजेपछि आर्मीले निर्धारित ५० ओभरको खेलमा सबै विकेटको क्षतिमा २३५ रन बनायो ।…