फुटबल « Khabarhub

चेल्सीमाथि न्युक्यासलको जित

काठमाडौँ - इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी तेस्रो स्थानको न्युक्यासलसँग १–० ले पराजित भएको छ। शनिबार राति भएको खेलमा न्युकासलको जितमा जोए विल्कले ६७औं मिनेटमा निर्णायक गोल गरे। न्युकासलले १५ खेलमा ३० अंक जोडेर तेस्रो स्थानमा छ । चेल्सी २१ अंक जोडेर आठौं स्थानमा छ।