Live on
Your Voice, Your Power
स्याङ्जा– आज बिहानदेखि अवरुद्ध रहेको सिद्धार्थ राजमार्ग पुनः सञ्चालन भएको छ । बिहान साढे ६ बजेदेखि स्याङ्जाको फेदीखोला गाउँपालिका–२ भालुपहाडस्थित सिद्धार्थ राजमार्गमा माथिबाट खसेको पहिराले पूर्णरुपमा अवरुद्ध बनेको सडक झण्डै पाँच घण्टापछि एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । सडकभन्दा माथिबाट चट्टानसहित झरेको पहिराका कारण सिद्धार्थ राजमार्गको पोखरा–स्याङ्जा…