देश/प्रदेश Archives | Page 1765 of 1996 | Khabarhub Khabarhub

हरिणको सिङसहित काठमाडौंबाट १ जना पक्राउ

काठमाडौं– संरक्षित वन्यजन्तु हरिणको सिङसहित काठमाडौंबाट १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको खाडादेवी गाउँपालिका–३ घर भइ कठामाडौंमो जडिबुटी बस्ने २१ वर्षीय आयुष रानामगर छन् । शंकाको आधारमा चेकजाँच गर्दा प्रहरीले उनको साथबाट २ वटा हरिणको सिङ बरामद गरेको हो । पक्राउ परेका रानामगरविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।