देश/प्रदेश « Khabarhub

काठमाडौं भ्यूटावर बनाउने ठेकेदार भेटवाल पक्राउ

काठमाडौं- ठेकेदार मनोजकुमार भेटवाल पक्राउ परेका छन् । काठमाडौंको पुरानो बसपार्कमा बन्दै गरेको ३२ तले 'काठमाडौं भ्यूटावर' ठेक्का लिएर निर्माण कार्य गरिरहेका भेटवाल पक्राउ परेका हुन् । उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो । तेह्रथुम घर भएका भेटवाललाई बैंकिङ कसुर गरेको अभियोगमा पक्राउ गरिएको महानगरीय परिसरंका प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले जानकारी दिए ।…