देश/प्रदेश « Khabarhub

चट्याङले लागेर शिक्षक पशुपतिको मृत्यु

प्युठान- चट्याङले लागेर प्युठानको उत्तरी भेग गौमुखी गाउँपालिका–५ खुङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय जनसहयोगी आधारभुत विद्यालयमा पढाउँदै आएका शिक्षक ३४ वर्षीय पशुपति आचार्यको रहेको प्रहरीले जनाएको छ । गएराति पानीसहित परेको चट्याङ लागेर आचार्यको घटनास्थलमै मृत्यु भएको हो । उनलाई घरमै सुतिरहेको बेला चट्याङले लागेको थियो ।