देश/प्रदेश « Khabarhub

निर्माण सामग्रीमा आगलागी हुँदा ५५ लाखको क्षति

ललितपुर- ललितपुर महानगरपालिका २५ भैँसेपाटीस्थित निर्माणका सामान राखेको छाप्रोमा विद्युत् सर्ट भई मंगलबार आगलागी भएको छ। आगलागीबाट करिब ५५ लाख बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीले ललितपुर महानगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएकाे थियाे । साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।