देश/प्रदेश Archives | Page 820 of 1939 | Khabarhub Khabarhub

आगलागीबाट एक घर जलेर नस्ट

धनगढी– कैलालीमा एक घरमा आगलागी भएको छ । घोडाघोडी नगरपालिका वडा नम्बर-०४ मा आगलागी भएको हो ।  परालमा लागेको आगो घरको छानासम्म पुगेर सल्किएको स्थानीयले बताएका छन् । आगो नियन्त्रण गर्ने प्रहरी टोली तथा दमकल घटनास्थलतर्फ गएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।