देश/प्रदेश « Khabarhub

पैसा तिरेर नदी तर्ने लालझाडीवासीको एउटै प्रश्न- पक्की पुल कहिले ?

बेदकोट- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ देखतभुलीकी प्रेमा रानालाई दिनहुँ दोदा नदी तर्नुपर्छ । उनी लालझाडी गाउँपालिका–२ स्थित सिद्धबैजनाथ माध्यमिक विद्यालयमा शिक्षक हुन् । प्रेमाले विद्यालय आउजाउका लागि दोदा नदी पार गर्न काठे पुलको सहारा लिँदै आएकी छिन् । साइकलमा ओहोरदोहोर गर्ने उनले दोदा नदीमाथिको जीर्ण काठे पुल प्रयोग गरेवापत शुल्क तिर्नुपर्ने बाध्यता छ । “वर्षौँदेखि नदी…