समाचार Archives | Page 1074 of 6985 | Khabarhub Khabarhub

कोशी प्रदेशसभाको बैठक भदौ १ गते बस्ने

विराटनगर– कोशी प्रदेशसभाको तेस्रो अधिवेशनको तेस्रो बैठक आउँदो भदौ १ गते बस्ने भएको छ । गएको असार १५ गते अर्को सूचना नभएसम्म स्थगित भएको प्रदेशसभाको बैठक आगामी  शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको हो ।  कोशी प्रदेशसभा नियमावली, २०७४ को उपनियमबमोजिम बैठक बोलाइएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीको भनाइ छ ।