समाचार Archives | Page 6134 of 7843 | Khabarhub Khabarhub

‘विप्लव’ समूहका दुई कार्यकर्ता पक्राउ

बाग्लुङ-  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिवन्धित नेकपाका दुई जनालाई प्रहरीले बागलुङबाट पक्राउ गरेको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय बाग्लुङको टोलीले शनिबार बागलुङ नगरपालिका–७ गैरागाउँबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा बागलुङ नगरपालिका–३ का ५३ वर्षीय बाबुलाल शाक्य र पश्चिम रुकुम सानोभेरी गाउँपालिका–३ का कमानसिंह क्षेत्री रहेको प्रहरीले जनाएको छ ।