Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का २५ दिनपछि कोरोना संक्रमणमुक्त भएका छन्। सामाजिक सञ्जालमा उनले आफू कोरोनामुक्त भएको जानकारी दिएका हुन् । उनले आफ्नो उपचारमा संलग्न डाक्टर र स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन्। गएको मंसिर २६ गते गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण देखिएको थियो। ‘२५ दिनपछि अन्ततः कोभिड नेगेटिभ देखिएको छ।’…