पदीय लोभकै कारण ‘दाहाल-नेपाल’समूह सडकमै पुग्नुपर्‍यो : नेता पोखरेल  « Khabarhub

पदीय लोभकै कारण ‘दाहाल-नेपाल’समूह सडकमै पुग्नुपर्‍यो : नेता पोखरेल 


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपालको पदीय स्वार्थकै कारण यो अवस्था सिर्जना भएको बताएका छन् ।

चितवनमा कार्यकर्ता भेलालाई सम्बोधनका क्रममा उनले भने, ‘सत्ता स्वार्थ र पदीय लोभकै कारण यो अवस्था आएको हो, उनले पार्टी एकता भन्दा पद ठूलो मान्नुभयो ।’

दुई अध्यक्ष प्रणालीकै कारण पार्टी एकता संकटमा पुगेको पनि उनको भनाइ थियो।

प्रधानमन्त्री ओलीले पार्टी एकताका रक्षाका लागि पटक-पटक पहल गर्दासमेत प्रचण्ड–माधव पक्षले कुरा नसुनेको उनले आरोप लगाए । सरकारलाई काम गर्न नदिएकै कारण नयाँ जनादेशमा जान संसद विघटन गरिएको उनको स्पष्टोक्ति थियो।

प्रचण्ड–माधव पक्षलाई निर्वाचन हुँदैन भन्ने भ्रम लागेकाले त्यसबाट मुक्त हुन पनि उनले आग्रह गरे।

उनले माधवकुमार नेपालको ढाडमा टेकेर प्रधानमन्त्री ओलीको टाउकोमा हान्न खोज्दा पुष्पकमल दाहाल ‘प्रचण्ड’ सडकमा पुगेको आरोप समेत लगाए ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ५ : ४२ बजे

पैसा नभएकै कारण गर्भवतीलाई अस्पतालबाट फर्काइएको घटनाले बुबाको सम्झना आयो : सांसद अधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्म सुझाव

भक्तपुर –राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

दमौली- बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावितको स्वास्थ्य उपचार तथा आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनका