समाचार Archives | Page 6301 of 7904 | Khabarhub Khabarhub

पुस १७ गते राष्ट्रिय सभा बोलाउन राष्ट्रपति समक्ष सिफारिस

काठमाडौँ– मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको अधिवेशन पुस १७ गतेका लागि आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ। शुक्रबार मन्त्रिपरिषद् हेरफेरपछि बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको हो। शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले ८ मन्त्री र एक राज्‍यमन्त्रीसहित मन्त्रीपरिषद् बैठकबाट निर्णय गरेसँगै राष्ट्रिय सभा बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए।